Breaking News
Home / साहित्य/विविध / पड्कनुअघि बम पनि बुद्द भन्दा शान्त हुन्छ – कवि “सुकाे”

पड्कनुअघि बम पनि बुद्द भन्दा शान्त हुन्छ – कवि “सुकाे”

कवि “सुकाे”का केही कविताहरु

१. हत्या

भन्दैनन

भन्दै भन्दैनन हत्याराहरु

उनिहरुको प्रिय पेशा के हो?

२. भोक 

अलिकति कानुनले
अलिकति राजनीतिले लुटेको थियो ।

भोको छु थाहा पाएर
धर्मले पनि ममाथि आँखा गाडेको छ ।

हो
म भोको छु

मलाई –
कानुन/राजनीति/धर्म
तीनै चिजको भोक लागेको छ ।

३. प्रश्न

बजार गएको रामबहादुर
चामलको भाउ पड्किएर मर्यो
सरकार
चामल र बममा के फरक छ ?

४. डा. केसी

हजुर
कान खोलेर सुनिबक्स्योस


हजुरको जंगली शासनमा
एक सेकेण्ड पनि
जनावर भएर बाँच्न सक्दिनँ ।

५. बम र बुद्द 

पड्कनुअघि
बम पनि
बुद्द भन्दा शान्त हुन्छ ।

About Nijgadh News

Check Also

गायक रामकृष्ण ढकालको नयाँ गीत ‘चरित्र’ सार्वजनिक

आधुनिक गीतका चर्चित तथा स्वरका धनि गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *