Breaking News
Home / स्थानिय समाचार / युवा संघ निजगढद्धारा जनप्रतिनिधि र सञ्चारकर्मीलाई सम्मान

युवा संघ निजगढद्धारा जनप्रतिनिधि र सञ्चारकर्मीलाई सम्मान

निजगढसमाचार, निजगढ, २ साउन । पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजनीति र विकाससंगसंगै लैजानु पर्ने बताउनु भएको छ । युवा संघ नेपाल निजगढ नगर कमिटीको आयोजनामा आज जनप्रतिनिधि सम्मान कार्यक्रमलाई गौरीशंकर क्याम्पसमा उद्घाटन गर्दै पौडेलले जनतालाई राजनीति भन्दा विकासको कुरा मन पर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एकबहादुर श्रेष्ठ, माओवादी केन्द्रका नेता रबिराज दंगाल, अध्यक्ष बेनि बहादुर मोक्तान, निजगढ नगरपालिकाका उपमेयर लिलादेवी लामिछाने, युवा संघ बाराका सदस्य तिलक घलान, वडा अध्यक्ष प्रेमबहादुर रुम्बा, सुदर्शन प्रसाद बडाल, रामजी प्रसाद बजगाई, थलप्रसाद गौतम, जयराम कुमर, केशव प्रसाद ढोडारी लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा नेकपाका नेता…

User Rating: Be the first one !

निजगढसमाचार, निजगढ, २ साउन ।
पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजनीति र विकाससंगसंगै लैजानु पर्ने बताउनु भएको छ । युवा संघ नेपाल निजगढ नगर कमिटीको आयोजनामा आज जनप्रतिनिधि सम्मान कार्यक्रमलाई गौरीशंकर क्याम्पसमा उद्घाटन गर्दै पौडेलले जनतालाई राजनीति भन्दा विकासको कुरा मन पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एकबहादुर श्रेष्ठ, माओवादी केन्द्रका नेता रबिराज दंगाल, अध्यक्ष बेनि बहादुर मोक्तान, निजगढ नगरपालिकाका उपमेयर लिलादेवी लामिछाने, युवा संघ बाराका सदस्य तिलक घलान, वडा अध्यक्ष प्रेमबहादुर रुम्बा, सुदर्शन प्रसाद बडाल, रामजी प्रसाद बजगाई, थलप्रसाद गौतम, जयराम कुमर, केशव प्रसाद ढोडारी लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा नेकपाका नेता छिरिङ बल, कुमार मोक्तान, अनेमसंघका केन्द्रीय सदस्य अन्जु नेपाली, युवा संघका प्रदेश सदस्य चन्दिका उप्रेती, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन प्रसाद कोईराला,सचिव महेश्वर अधिकारी लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा स्थानीय तह निर्वाचनमा तत्कालित नेकपा एमालेबाट निजगढ नगरपालिकामा निर्वाचित वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य र पत्रकार महासंघको निर्वाचनमा निर्वाचित सञ्चारकर्मी महेश्वर अधिकारी, जीतलाल श्रेष्ठ र प्रभात तिमल्सिना लगायतलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

युवा संघ नेपाल निजगढ नगर कमिटीका अध्यक्ष माधव प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजु आचार्यले गर्नुभएको थियोे ।

About nijgadhnews

Check Also

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न स्थानीय तहका प्रमुख नै बाधक

निजगढसमाचार, निजगढ, १ साउन । सरकारले बारा र रौतहटमा एकै पटक मालपोत र नापी कार्यालय …

One comment

  1. Your style is very unique compared to other folks I’ve read stuff from.
    I appreciate you for posting when you’ve got the
    opportunity, Guess I will just bookmark this web site.

Leave a Reply

Your email address will not be published. Required fields are marked *