Breaking News
Home / स्थानिय समाचार / सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न स्थानीय तहका प्रमुख नै बाधक

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न स्थानीय तहका प्रमुख नै बाधक

निजगढसमाचार, निजगढ, १ साउन । सरकारले बारा र रौतहटमा एकै पटक मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेपनि बाराको सिमरामा स्थापना नगर्न स्थानीय तहका प्रमुख नै बाधक देखिएका छन् । रौतहटको चन्द्रपुरमा तीन वटा स्थानीय तहको काम गर्ने गरि कार्यालय उद्घाटन भईरहदाँ बाराका स्थानीय तहका प्रमुख भने सिमरामा रोक्नुपर्ने र सबै स्थानीय तहमा शाखा खोल्नुपर्ने माग राखेर काठमाण्डौं डेलिकेशन जाने तयारी गरिरहेका छन् । सिमरामा साविकका १२ वटा गाविसको जनतालाई सेवा दिन कार्यालय खोल्ने योजना केन्द्र सरकारले बनाए पनि सेवा क्षेत्रकै स्थानीय तह निजगढ र कोहल्बी नगरपालिकाका प्रमुख भने भोली प्रधानमन्त्री भेट्न काठमाण्डौं जान लागेका हुन् । सिमरामा कार्यालय…

User Rating: 1.73 ( 2 votes)

निजगढसमाचार, निजगढ, १ साउन ।
सरकारले बारा र रौतहटमा एकै पटक मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेपनि बाराको सिमरामा स्थापना नगर्न स्थानीय तहका प्रमुख नै बाधक देखिएका छन् । रौतहटको चन्द्रपुरमा तीन वटा स्थानीय तहको काम गर्ने गरि कार्यालय उद्घाटन भईरहदाँ बाराका स्थानीय तहका प्रमुख भने सिमरामा रोक्नुपर्ने र सबै स्थानीय तहमा शाखा खोल्नुपर्ने माग राखेर काठमाण्डौं डेलिकेशन जाने तयारी गरिरहेका छन् ।

सिमरामा साविकका १२ वटा गाविसको जनतालाई सेवा दिन कार्यालय खोल्ने योजना केन्द्र सरकारले बनाए पनि सेवा क्षेत्रकै स्थानीय तह निजगढ र कोहल्बी नगरपालिकाका प्रमुख भने भोली प्रधानमन्त्री भेट्न काठमाण्डौं जान लागेका हुन् । सिमरामा कार्यालय सञ्चालन गर्ने निर्णय कार्यान्वयन गराउन लाग्नुको साटो त्यस विरुद्ध डेलिगेशन जान लागेपछि स्थानीय राजनीतिक दलका नेताहरुले भने आलोचना गरेका छन् । सिमरामा कार्यालय स्थापना हुदाँ निजगढका जनताले सेवा लिन सहज हुने निर्णय कार्यान्वयन गर्न भूमिका खेल्नुपर्ने निजगढका मेयर सुरेश कुमार खनाल त्यस विरुद्ध डेलिगेशन जाने लागेको भन्दै नेकपाका युवा नेता रबिराज दंगालले आलोचना गर्नुभयो ।

यसै विच निजगढ नगरपालिकाको बैठकले सिमरामा कार्यालय स्थापना गर्ने निर्णयमा समर्थन गर्ने कार्यपालिकाले दिएको म्याण्डेड विरुद्ध मेयर खनाल लागेको भन्दै कार्यपालिका सदस्यले नै असन्तुष्टि जनाएका छन् । कार्यपालिकाले सिमरामा स्थापना गर्ने निर्णय समर्थन गर्ने र निजगढ पनि शाखा खोल्ने पक्षमा धारणा राख्न मेयरलाई म्याण्डेड दिएको वडा नं. ७ का अध्यक्ष रामजी प्रसाद बजगाईले बताउनुभयो । जिल्ला समन्वय समितिले आयोजना गरेको स्थानीय तहको प्रमुख/उपप्रमुखको बैठकमा मेयर खनालले सिमरामा खोल्ने निर्णयको समर्थन नगरेको जीतपुरसिमराका मेयर कृष्ण पौडेलले बताउनुभयो ।

मेयर खनालले जिल्ला समन्वय समितिको बैठकको निर्णय अनुसार सबै स्थानीय तहमा कार्यालय खोल्न प्रधानमन्त्रीलाई भेट्न जान लागेको प्रतिकृया दिनुभएको छ । यसैविच मालपोत कार्यालय प्रमुख राजेश्वरी त्रिवेदीले कार्यालय स्थापना गर्न अन्यौल भएको बताउनुभयो स्थानीय तह प्रमुखको डेलिगेशन पछि मात्र प्रमुख जिल्ला अधिकारीबाट आउने निर्देशनका आधारमा काम बढाउने बताउनुभयो ।

Check Also

केरा खेतीको भारतका विज्ञको टोलीबाट निरीक्षण गरि उपचार सुरु

निजगढसमाचार, निजगढ, १ साउन । निजगढ नगरपालिका भित्रका केरा खेतीको भारतका विज्ञको टोलीबाट निरीक्षण र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *