Breaking News
Home / स्थानिय समाचार / निजगढ स्थित कभर्ड हल संचालनमा पहल गर्न छलफल

निजगढ स्थित कभर्ड हल संचालनमा पहल गर्न छलफल

बाराको निजगढ–८ बजारस्थित बहुउपयोगी भवन कर्भड हल निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआएको भन्दै स्थानीय खेलकर्मीहरुले चासो देखाएका छन् । तेक्वान्दो खेल सम्बद्ध खेलाडी र प्रशिक्षकको आयोजनामा आज कर्भड हल परिषरमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

भवन निर्माण भए पनि खेलाडीहरु बाहिर खेल्नुपर्ने अवस्था भएकाले हल सञ्चालनका लागि पहल होस भनेर छलफल आयोजना गरिएको तेक्वान्दो प्रशिक्षक बसन्त लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा खेलकुद विकास समिति बाराका अध्यक्ष दिल बहादुर लामा, वडा नं. ८ का वडा अध्यक्ष टेक बहादुर लामा, नेकपा माओवादी केन्द्रका नगर संयोजक बेनी बहादुर मोक्तान, नेपाली कांग्रेसका नगर सचिव आशिष तामाङ्ग, नेपाल संघीय समाजवादी पार्टीका नेता मोजहर मन्सुर लगायतको विशेष उपस्थिति रहेको थियो ।

बैठकले हल सञ्चालनका लागि वडा कार्यालय मार्फत निर्माण समिति सहित पुनः छलफल आयोजना गर्ने निर्णय भएको छ ।

About Nijgadh News

Check Also

रक्षामन्त्री ईश्वर पोखरेलद्वारा फास्ट ट्रयाक निरीक्षण

इन्दिप कोइराला रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यप्रगति सन्तोषजनक …

One comment

  1. whether this project will be supervised by a special body going forward ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *