Breaking News
Home / शिक्षा / स्थानीय तह र सहकारी क्षेत्रको सहकार्यमा राष्ट्रिय समृद्धि : नेफ्स्कून अध्यक्ष बस्नेत

स्थानीय तह र सहकारी क्षेत्रको सहकार्यमा राष्ट्रिय समृद्धि : नेफ्स्कून अध्यक्ष बस्नेत

दिवाकर भण्डारी

सिमरा, ८ मंसीर,  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष डिबी बस्नेतले स्थानीय तह र सहकारी क्षेत्रको सहकार्यमा राष्ट्रिय समृद्धि सम्भव हुने बताएका छन् ।

सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाका नयां पदाधिकारीहरुको पदभार ग्रहण र जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा अध्यक्ष बस्नेतले समुदायको वित्तिय तथा आर्थिक गतिविधिलाई क्रियाशिल बनाउन र बेरोजगारी तथा गरीवी समस्या हल गर्नका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।

बस्नेतले स्थानीय तहले दिएको जिम्मेवारी बहन गर्न सहकारी तयार रहेको बताएका छन् । सहकारी अभियानको प्रवद्र्धन, अनुशरण र गुणात्मक विकासका लागि जीतपुरसिमरा उपमहानगरलाई सहयोग गर्न आग्रह गर्दै बस्नेतले स्थानीय विकास र सामाजिक न्यायलाई दीगो बनाउन सहकारीको भूमिका प्रभावकारी रहने बताए ।  कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा. कृष्ण पौडेलले जिम्मेवारी हस्तान्तरण गर्दै सहकारी सिद्धान्त र मूल्यमान्यताका आधारमा समुदायको जीवनस्तरमा रुपान्तरण कार्यमा थप प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । गरीवी न्युनीकरण, बेरोजगारी समस्या हल गर्न र समुदायलाई एकतावद्ध बनाएर विकासपथमा अघि बढाउन सहकारीकर्मीहरुको भूमिका प्रभावकारी हुने भन्दै डा. पौडेलले सहकारी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न उपमहानगर तयार रहेको बताए ।

कार्यक्रममा नगर प्रमुख डा. पौडेलले संस्थाका नवनिर्वाचित अध्यक्ष यज्ञबहादुर आलेलाई पदभार गराएका थिए । कार्यक्रममा नगर उपप्रमुख सरस्वती चौधरीलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाले जीतपुरसिमरा उपमहानगरमा निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र कार्यपालिका सदस्यलाई सम्मान गरेको थियो ।

कार्यक्रममा साना किसान कृषी सहकारी संघका केन्द्रीय सञ्चालक शिवप्रसाद अधिकारी, राष्ट्रिय सहकारी बैंकका प्रमुख गोविन्द ओझा, लेखा समिति संयोजक डम्बरमणी लिम्बुलगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधि, संस्थाका सञ्चालकको उपस्थिती रहेको थियो । संस्थाका सचिव सञ्जय साह र ब्यवस्थापक महेश ढुंगेलले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष शिव वाग्लेले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष सिता गुरुङ्गले धन्यवाद मन्तब्य राखेकी थिईन् ।

About Nijgadh News

Check Also

काँग्रेस उम्मेदवारको गाडीमा बम बिष्फोट

इन्दिप कोइराला, बारा नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ४ प्रदेश क उम्मेदवारको गाडीमा सोमवार विहान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *