Breaking News
Home / स्थानिय समाचार / बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीको जित सुनिस्चित

बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीको जित सुनिस्चित

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीले चुनाबी घरदैलोमा एक पटकका लागी मतदान गरिदिन मात्र आग्रह गरिरहेका छन् । आफु पहिलो पटक निर्वाचनमा होमिएको बताउँदै उनले पटक पटक चुनामबा उम्मेदवार बनेर जनताका सपना पुरा गर्न नसकेका नेताका फुस्रा आश्वासनका कारण जनता नेता देखी नै निसार पाएको बताएका छन् ।
खासगरी बारको १ नम्बर क्षेत्रको दक्षिणी क्षेत्रबाट चुनाबी घरदैलो सुरु गरेका मैनालीले जनता नयाँ नेतृत्वमा उत्साही बनेको बताएका छन् । बाम गठबन्धनका उम्मेदवारलाई जनताले रुचाएको बताउने मैनालीले चुनाब आधाआधी जितिसकेको दाबी गरेका छन् ।
‘जनता बाम गठबन्धनमा एकचित्त भएर लागी सकेका छन्, देश समृद्धीको अब गठबन्धन बाहेक बिकल्प छैन्’ उनले चुनाबी अभियानका क्रममा भने – ‘यस क्षेत्रमा बाम गठबन्धनको जित सुनिश्चितत् छ, हामीले जित हाँसिल गछौँ ।’

बाढी पिडितका समस्या समाधार, ब्यरोजगारी उन्मुलन र गरीबी बिरुद्धको अभियान लगाएतका मुख्य ऐजेण्डा बोकेर चुनाबी प्रचारमा लागेका मैनालीले जनतासामु आफुले बोलेको र प्रतिबद्धता जनाएका कुरालाई पुरा गरेरै छाड्ने भन्दै मतदातालाई आफ्ना घोषणालाई लेखेर राख्न समेत आग्रह गरेका छन् ।

युवा शक्तिलाई उद्यमशिल बनाएर मातृभुमिमा पसिना बगानउका निम्ती बाम गठबन्धको दुई तिहाई जित आवश्यक रहेको बताउँदै मैनालीले देशमा ब्याप्त समस्याको रुपमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी साथै भ्रष्टचारको अन्त्यगर्दै समृद्ध नेपाल निर्माणका लागि हरेक जनताको आधारभुत आवश्यक्ता पुरागर्ने गरी गठबन्धन चुनाब प्रचारमा लागेको मैनालीले बताए ।

चुनाबी अभियानमा ब्यस्त देखिएका मैनालीले पार्टीमा लामो समयसम्म सेवा गरेका उनले जिवनभर लाभको सेवा नलिएको बताउँछन् । अबको बाँकी जिवन पनि सामाजिक सेवामै ब्यत्तित गर्ने अठोट बोकेका उनले चुनाबीको हार वा जितलाई सहजै स्विकार गर्ने बताए ।

About Nijgadh News

Check Also

सैनिक ऐन र नियमावली संशोधन हुँदै, फास्टट्रयाक खारेज

रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। सैनिक अधिकृत तथा जवानको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *