Breaking News
Home / स्थानिय समाचार / जातिय ‘दलिन’ बिरुद्ध अच्युत – मैनालीको उम्मेदवारी

जातिय ‘दलिन’ बिरुद्ध अच्युत – मैनालीको उम्मेदवारी

नेकपा एमालेबाट बाम गठबन्धनका साझा उम्मेदवार बनेका बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीले चुनाबी अभियान आफ्नो क्षेत्रको दक्षिणी जनता माझबाट सुरु गरेका छन् ।

मधेश र मधेशी जनताकै काखमा हुर्किएका मैनालीले देशको जातिय दलिनलाई तोड्दै सिँगो नेपालको समृद्धी अभियानमा आफुलाई साथ र सहयोग गर्न आग्रह गरिरहेका छन् ।

बिशेषगरी थारु र मधेशी बाहुल्य क्षेत्र रहेको बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका मैनाली पहिलो पटक चुनाबी अभियानमा होमिएका हुन् ।

देशमा जातीका नाममा स्तर बिभाजन गरी सामाजिक सदभावमाथी कुठाराघात गर्ने शक्तिको आलोचना गर्दै सबै जात एक फुलबारीको सिँगो देश अभियानमा उनी उम्मेदवार बनेको बताए ।

पार्टीमा लामो समयसम्म सेवा गरेका उनले जिवनभर लाभको सेवा नलिएको बताउँछन् । अबको बाँकी जिवन पनि सामाजिक सेवामै ब्यत्तित गर्ने अठोट बोकेका उनले चुनाबीको हार वा जितलाई सहजै स्विकार गर्ने बताए ।

बाढी पिडितका समस्या समाधार, ब्यरोजगारी उन्मुलन र गरीबी बिरुद्धको अभियान लगाएतका मुख्य ऐजेण्डा बोकेर चुनाबी प्रचारमा लागेका मैनालीले जनतासामु आफुले बोलेको र प्रतिबद्धता जनाएका कुरालाई  पुरा गरेरै छाड्ने भन्दै मतदातालाई आफ्ना घोषणालाई लेखेर राख्न समेत आग्रह गरेका छन् ।

About Nijgadh News

Check Also

केरा खेतीको भारतका विज्ञको टोलीबाट निरीक्षण गरि उपचार सुरु

निजगढसमाचार, निजगढ, १ साउन । निजगढ नगरपालिका भित्रका केरा खेतीको भारतका विज्ञको टोलीबाट निरीक्षण र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *