Breaking News
Home / स्थानिय समाचार / शिक्षा क्षेत्रको सुधार उपमहानगरको प्राथमिकतामा : नगर प्रमुख डा. पौडेल

शिक्षा क्षेत्रको सुधार उपमहानगरको प्राथमिकतामा : नगर प्रमुख डा. पौडेल

दिवाकर भण्डारी

जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले उपमहानगरभित्रको शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकता राखेर अघि बढ्ने बताएका छन् ।
औराहास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख डा. पौडेलले सामुदायिक शिक्षामा राज्य र उपमहानगरको ठुलो लगानी भएपनि सोचेजस्तो प्रतिफल नदेखिएकाले सुधारको जरुरी रहेको बताए ।
विकास निर्माणका योजनाहरुको कार्यान्वयनसंगै शिक्षा र स्वास्थ्यक्षेत्रमा सुधारका लागि उपमहानगर अघि बढिसकेको भन्दै नगर प्रमुख डा. पौडेलले उपमहानगरबासीले अनुभुती हुने गरी परिवर्तन गरिने बताए । डा. पौडेलले शिक्षाको गुणस्तर सुधारको कार्ययोजना ल्याउन सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई आग्रह गरेका छन् ।
शिक्षालाई प्रतिस्पर्धी र गुणस्तरयुक्त बनाउन जरुरी रहेको बताउदै डा. पौडेलले प्राविधिक तथा स्वरोजगारमूलक शिक्षामा उपमहानगरले काम गर्न खोजिरहेको बताए । कार्यक्रममा नगर प्रमुख डा. पौडेल, संंस्थाकी पूर्वशिक्षिका एवम् नगर उपप्रमुख सरस्वती चौधरीलाई सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयले सेवानिवृत शिक्षक केशव पौडेललाई सम्मान गर्दै बिदाई गरेको थियो । विद्यालयका अध्यक्ष श्याम भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक धनप्रसाद बजगाईले गरेका थिए ।

About Nijgadh News

Check Also

बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीको जित सुनिस्चित

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीले चुनाबी घरदैलोमा एक पटकका लागी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *