Breaking News
Home / स्थानिय समाचार / आधारभूत स्वास्थ्य अधिकार पुरा गर्न उपमहानगर प्रतिवद्ध : नगर प्रमुख डा. पौडेल

आधारभूत स्वास्थ्य अधिकार पुरा गर्न उपमहानगर प्रतिवद्ध : नगर प्रमुख डा. पौडेल

दिवाकर भण्डारी

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले नगरवासीको आधारभूत स्वास्थ्य अधिकारलाई पुरा गर्न उपमहानगर प्रतिवद्ध रहेको बताएका छन् ।

श्रृजनात्मक परिचालन नेपालले सोमबार जीतपुरमा आयोजना गरेको मुटु तथा मधुमेह रोगको स्वास्थ्यपरीक्षण शिविरको उदघाटन गर्दै डा. पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई सुधार गर्दै सबै नागरिकलाई स्वास्थ्य उपचारको सहज पहुचमा ल्याउने बताए ।

नागरिकका समृद्धि र सामाजिक न्यायका मुद्धाहरुलाई समेटेर प्रथम नगरसभा सम्पन्न गरिसकेको बताउदै डा. पौडेलले उपमहानगरलाई समृद्ध बनाउने योजनाहरु कार्यान्वयन प्रक्रियामा अघि बढिसकेको ताए । सडक, शिक्षा र स्वास्थ्य जीतपुरसिमरा उपमहानगरको प्राथमिक कार्यसूचि भएको बताउदै डा. पौडेलले जीतपुरमा दुई सय शैयाको अस्पताल, सर्पदंश उपचार केन्द्र, गांउगांउका स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने बताए ।

अस्पतालमा सुत्केरी हुनेलाई थप पाच सय उपलव्ध गराउने, स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता उपलव्ध गराउने योजना कार्यान्वयनमा लगिएको र उपमहानगरले सबै नागरिकको स्वास्थ्यबिमा गर्ने विषयमा अध्ययन प्रक्रिया अघि बढाउन लागेको डा. पौडेलले बताए ।

संस्थाका अध्यक्ष घनश्याम चौरसियाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा चिकित्सकको टोलीसहित स्थानियको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सुदर्शन काफ्लेले गरेका थिए ।

About Nijgadh News

Check Also

केरा खेतीको भारतका विज्ञको टोलीबाट निरीक्षण गरि उपचार सुरु

निजगढसमाचार, निजगढ, १ साउन । निजगढ नगरपालिका भित्रका केरा खेतीको भारतका विज्ञको टोलीबाट निरीक्षण र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *