Breaking News
Home / स्थानिय समाचार / छठमा बेहुली झै सजियो बकैया नदी किनारा

छठमा बेहुली झै सजियो बकैया नदी किनारा

– सागर घोरसाईने
निजगढ नगरपालिकास्थित बकैया खोला घाट यतिबेला बुहुली झै सिगारिएको छ । छठ पर्वको अवशरमा श्रद्धालुहरुले पुर्वश्चिम राजमार्गबाट खोला किनारासम्म करिव ३ सय मिटर झिलिमिली बत्ति, पण्डाल र प्रवेश व्दार निर्माण गरेका छन भने भक्तजनहरुको सुविधाको लागि खोला किनारामा बिजुली बत्ति र कपडाको पण्डाल समेत जडान गरिएको छ ।

मुख्य रुपमा आजबाट शुरु हुने छठ पर्व र ब्रतमा स्नान र पुजाको लागि आउने भक्तजनहरुको सुविधाको लागि निजगढ छठ पुजा समितिले घाट सजावट गरेको हो । समितिले निजगढमा करिव डेढ लाख रुपैयाको लागतमा घाट सजावट गरेको बताएको छ । अघिल्ला बर्षहरुमा राजमार्ग दक्षिणतर्फको किनारामा छठिया घाट बनाउदै आएको भए पनि यसपटक बकैया खोलाले धार परिर्वतन गरेपछि उत्तरतर्फ सारिएको छठ पुजा समितिका अध्यक्ष हृदयबाबु रौनियारले बताउनु भयो । उहाले श्रद्धालुहरुको सुविधाको लागि यसपटक घाट सजावटमा विशेष व्यवस्था गरिएको पनि बताउनु भयो ।

भक्तजनहरुले घरमा खराना पुजापछि तयार पारेको प्रसाद घाटमा लगेर अस्ताउदो र उदाउदो सुर्यलाई चढाउने गर्छन । छठ ब्रतालुहरुले घर लिपपोत गरेर हिजो ‘खरना’ पुजा गरेका थिए आजबाट ब्रतालुले ३६ घण्टे निर्जल उपवास सुरु गर्ने गर्छन । ब्रतालुले मंगलबार बिहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गर्ने गर्छन ।

लोक आस्थाको यो पर्वको तेस्रो दिन आज साँझ एवं चौथो दिन शुक्रबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा घरबाट लगेको सम्पूर्ण पवित्र सामग्रीसहित सूर्यदेवलाई अर्घ दिएपछि समापन गरिन्छ । अन्तिम दुई दिन नदी, पोखरी एवं नहर किनारमा उत्सवकै माहोल हुन्छ । अर्घ दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्न आउनेको घाटमा ओइरो लाग्छ ।

यही कारणले पनि छठ पर्वमा घाट सजावटको विशेष महत्व रहेको बताइएको छ ।

About Nijgadh News

Check Also

बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीको जित सुनिस्चित

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीले चुनाबी घरदैलोमा एक पटकका लागी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *