Breaking News
Home / स्थानिय समाचार / जिल्ला प्रहरी कार्यलय बाराले विभिन्न कार्यक्रम गरी ६२ औं प्रहरी दिवस मनाए

जिल्ला प्रहरी कार्यलय बाराले विभिन्न कार्यक्रम गरी ६२ औं प्रहरी दिवस मनाए

इन्दिप कोइराला, बारा

जिल्ला प्रहरी कार्यलय बाराले विभिन्न कार्यक्रम गरी ६२ औं प्रहरी दिवस २०७४ मनाएको छ । साता ब्यापी विभिन्न कार्यक्रमको आयेजना गर्दै जिल्ला प्रहरी कर्यलय बाराले यो दिवस मनाएको हो । प्रहरीले साता ब्यापी कार्यक्रमको अवसरमा १८ स्थानमा सरसफाई, विरामीहरुलाई फलफुल वितरण लगाएत चेतना मुलक कार्यक्रमको आयोजना गरेको थियो ।

दिवसको अवसरमा शुक्रबार बाराको कलैयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बाराका प्रमुख न्यायधिस रिपेन्द्र थापाले राज्य र नागरीक प्रति सेवाभावबाट ओतप्रोत भएको ब्यक्तिनै सच्चा सिपाहीका साथै सबैको साथी बन्ने सक्ने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापाले सबै प्रहरी बरदिका नगरीक हुन र सबै नगरीक बिना बरदिका प्रहरी हुनभन्ने नाराबाट शुरु भएको प्रहरीको सेवा आज सम्म आई पुग्दा मुस्कान सहितको प्रहरी सेवा, प्रहरी सबैका साथी र हाल प्रहरी हाम्रो टोलमा जस्ता नाराका साथ नागरीक माझ प्रहरीले आफ्ने सेवा दिदै आएको बताए ।
वाईट ः रिपेन्द्र थापा , प्रमुख न्यायधिस

यसैगरी नागरीकको साथ बिना प्रहरीले सहि सेवा दिन नसक्ने भएकोले प्रहरीलाई सबैले सहयोग गर्न आवश्यक रहेको बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । उनले समाजमा विद्यमान छुवाछुत, बोक्सि जस्ता अन्य धेरै विक्रितीहरुले स्थान पाइरहेको र यस्ता विक्रितीलाई अन्त्य गर्न आम नागरीकको सहयोग आवश्यक रहेको जिकीर गरे साथै बारा जिल्लामा शान्ति शुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय प्रतिबद्व रहेको बताए ।
वाईट ः राजकुमार वैदवार, बाराका प्रमुख प्रहरी उपरीक्षक

कार्यक्रममा प्रहरीका साथै सहिद परिवारलाई पुरस्कार तथा सम्मानबाट सम्मानित गरीएको थियो भने बिर सहिदका साथै अमर प्रहरीहरुको सम्झनामा सहिदहरुको स्मारीकामा पुष्पगुच्छा अर्पण गरी श्रधान्जली ब्यक्त गरीएको थियो ।

 

About Nijgadh News

Check Also

बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीको जित सुनिस्चित

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीले चुनाबी घरदैलोमा एक पटकका लागी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *