Breaking News
Home / राष्ट्रीय / निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा गौचनमाथि अज्ञात समूहले सोमबार दिउँसो गोली हानेको थियो ।

उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौचनको पेटमा दुईवटा गोली लागेको छ ।

बा १३ ४९४८ नम्बरको गाडीमा सवार गौचनलाई गाडीभित्रै गोली लागेको थियो । गाडीको अगाडिको शिसा छेड्दै गोली गौचनको पेटमा लागेको थियो । प्रहरीले घटनाबारे सोधपुछ गर्न गौचनको गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थमा देखिएका केही दृष्य 

About Nijgadh News

Check Also

निर्वाचनलाई लक्षित गरी बारामा सवारी चेक जाँचलाई कडाई

प्रदेश र प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गरी बारामा सवारी चेक जाँचलाई कडाई गरिएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *