Breaking News
Home / स्थानिय समाचार / बारा जिल्लाका १६ वटा तहमै एमाले जित्ने दावी पूर्व खेलकुद मन्त्री : पौडेल

बारा जिल्लाका १६ वटा तहमै एमाले जित्ने दावी पूर्व खेलकुद मन्त्री : पौडेल

देवताल गाउँ पालिकामा नेकपा एमालेले मोटरसाइकल रैली निकालि घरदैलो कार्यक्रम गरेका छन् । देवताल गाउँ पालिकाका प्रमुखका उमेदवार विजय पाण्डे तथा उप प्रमुखका उमेदवार रिनाकुमारी रामको अगुवाइमा मोटरसाइकल रैली सहित घरदैलो गर्दै पिप्राढीमा कोण सभा गरेका थिए ।

 

कोणसभामा पूर्व खेलकुद मन्त्री तथा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ६ का सांसद पुरूषोतम पौडेलले जिल्लाका १६ वटा तहमा नेकपा एमालेले नै जित्ने दावी गरेका थिए । नेकपा एमालेका पक्षमा जन लहर सृजना भएकाले प्रदेश नम्बर २ मा समेत एमालेले नै जित्ने बताए । साथै सबैले मिलेर देश विकास तर्फ लाग्नु पर्ने जानकारी दिए ।

 

प्रमुखका उमेदवार सहित नेकपा एमालेका कार्यकार्ताहरूले गाउँ पालिका अन्तरगत रहेका रम्पूर्वा , जब्का , पिप्राढी , दक्षिण झिटकैया , गम्हरीया , पिपरपाति , अामवा लगायतका स्थानमा गाउँ परिक्रमा गरिएका थिए ।

 

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष सुन्दर विक, जिल्ला कमिटीका उपाध्यक्ष देवनारायण चौधरी , प्रचारप्रसार विभाग प्रमुख मनोज पौडेल , सचिवालय सदस्य विध्या थापा , प्रदेश नम्बर २ का सदस्य सिता गुरूङ , वडा अध्यक्षका उमेदवार कौशल किशोर सिंह , संजय पटेल लगायत रैलीमा करिब सात सय जनमतको सहभागीता रहेका थिए ।

About Nijgadh News

Check Also

एमालेले सार्वजनिक गर्यो समानुपातिक सूची, यि हुन् एमालेबाट सुरक्षीत तरिकाले सांसद बन्न पाउने भाग्यमानीहरु

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *