Breaking News
Home / स्थानिय समाचार / टांगियाबस्ती काण्डमा आफ्नु आफ्नु धारणा (भिडियो सहित)

टांगियाबस्ती काण्डमा आफ्नु आफ्नु धारणा (भिडियो सहित)

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का एमालेका अध्यक्षका उम्मेदवार तथा टांगिया सरोकार समिति अध्यक्ष रमेश सापकोटाले आफुले पत्रकारलाई दुब्र्यवहार नगरेका बताए। सापकोटाले मध्यतराईले सुनेजित तरिकले कुनै पार्टी बिशेषको समर्थन गरी कार्यकरम गरेको आरोप लगाए । त्यर्सैगरि रेडियो मध्यतराईका प्रवन्ध निर्देशक उमेश सुनारले आफुहरुले कुनै राजनीतिक पार्टी तथा कुनै बेक्ती बिशेषलाई जानकारी नगरी टांगियाबस्तीका जनता सँग उनीहरुको धारणा बुज्न आफुहरु टांगियाबस्ती पुगेको बताए साथै उन्ले रमेश सापकोटाले लागु पर्दर्थ सेवान गरेको हुन सक्ने  शंका बेक्त गरे ।

अहिले टांगियाबस्तीका जनताहरु पूर्ण रूपमा निरास देखिन्छन ।  टांगियाबस्तीका जनतहरुमा पनि बिभिन्न तरिकाको यस घटनालाई लिएको पाईन्छ । एका तर्फका जनतहरु उक्त कार्यक्रम कुनै पनि पार्टी बिशेषको समर्थन गरी गरियको कार्यकरम नभई टांगियाबस्तीका निम्ती गरेएको कार्यक्रम हो भन्ने भनाइ राखेका छन भने अर्को तर्फका जनताहरु उक्त कार्यक्रम सुनेजित तरिकले कुनै पार्टी बिशेषको समर्थन गरी कार्यकरम गरेको बताए  ।

रेडियो मध्यतराईमा केहि दिन अघि प्रशारित समाचारको विषयमा भ्रम पैदा भएको भन्दै स्थानीयले स्थलगत रिपोटिंग गर्न आग्रह गरेपछि निजगढबाट मध्यतराईको टोलि टांगियाबस्ती पुगेको थिए । उनीहरुले टांगियाका विषयमा भ्रमपूर्ण समाचारहरु प्रकाशन र प्रशारण हुने गरेको भन्दै संवेदनशील भएर रिपोटिंग गर्न आग्रह गर्दै बस्ती ब्यवस्थापन गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका माओवादी केन्द्रका मेयरका उम्मेदवार राजन पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार केदार बजगाइ, निजगढ नगरपालिका माओवादी केन्द्रका रबी राज दोङल, निजगढ नगरपालिका नेपाली कांग्रेसका कल्पना खरेल, जीतपुरसिमरा उपमहानगरपालिका एमाले नगर समतीका सदस्य उद्धब सुनार, तिल कुमारी आले मगर, प्रेम बहादुर गोले, बुद्धि वाईवा, हिरामाया लामा, सुक्र लामा, गंगा वि.क. रेडियो मध्यतराईका प्रवन्ध निर्देशक उमेश सुनार लगायतले सम्बोधन गरेको कार्यक्रमको सहजिकरण पत्रकार महेश्वर अधिकारीले गरेका थिए ।

नेपाल प्रेस युनियन बारा, नेपाल पत्रकार महासंघ लगायतले प्रेस विज्ञप्ती जारी गरि घटनाको भत्सना गरेका छन् ।यसैबीच सामुदायिक रेडियो प्रसारक संघ अकोराबका महासचिव गोविन्द देवकोटाद्वारा जारी विज्ञप्तिमा समाचार संकलनका विषयमा पत्रकारमाथि दुव्र्यवहार हुनु निन्दनीय भएको  र  निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन पनि विज्ञप्ति मार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराइएका छन् ।

About Nijgadh News

Check Also

 मधेसी जनतालाई एमालेले कहिल्यै झुक्याएन : एमाले सचिव ज्ञावली

नजिकीदो स्थानीय निकायको प्रदेश नं.२ मा हुने निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी बन्नेमा आफु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *