Breaking News
Home / स्थानिय समाचार / सरोज कोईराला उद्यमी पुरस्कारबाट पुरस्कृत

सरोज कोईराला उद्यमी पुरस्कारबाट पुरस्कृत

बारा निजगढका युवा उद्यमी सरोज कोईरालाले नेपाल सरकारको राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । निजगढमा स्थापना भएको कुशल ब्यबसाय परामर्श तथा तालिम केन्द्रका प्रवन्ध निर्देशक कोईराला  उद्यमी पुरस्कार २०७४ बाट सम्मानित हुनुभएको छ । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केका युवा उधमीहरुले नेपालमा रोजगारीको क्षेत्रमा कार्य गर्ने र योगदान पु¥याउने युवाको रुपमा ५० हजार नगद सहित निजगढका युवा कोईरालालाई सम्मान गरेको हो ।

सम्मान ग्रहणपछि प्रतिकृया दिदै युवा उद्यमी कोईरालाले आफ्नो ब्यवसाय मार्फत निजगढलाई परिचित गराउन पाउँदा  खुशी लागेको बताउनु भएको छ । ‘यो राष्ट्रिय सम्मानले मलाई जिम्मेवारी थपिएको महसुस भएको छ,’ कोईराललाले भन्नुभयो–मलाई यहाँसम्म पुग्न सहयोग पुर्याउनु हुने सबैप्रती हार्दिक आभारी छु ।

About Nijgadh News

Check Also

 मधेसी जनतालाई एमालेले कहिल्यै झुक्याएन : एमाले सचिव ज्ञावली

नजिकीदो स्थानीय निकायको प्रदेश नं.२ मा हुने निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी बन्नेमा आफु …

One comment

  1. Dan Bahadur Vishwakarma

    Badhaai chh, SAROJ jee, tapaai ko dakshyako pahichaan ra kadar bhaeko maa, ajha SAFALATAA ko subhakamanaa

Leave a Reply

Your email address will not be published. Required fields are marked *