Breaking News
Home / स्थानिय समाचार / निजगढ शहीद चोक सडक निर्माण गर्न ज्ञापन पत्र बुझाउन एक टोली पुगे सडक डिभिजन कार्यालय

निजगढ शहीद चोक सडक निर्माण गर्न ज्ञापन पत्र बुझाउन एक टोली पुगे सडक डिभिजन कार्यालय

निजगढ शहीद चोक भर्खरै निर्माण सम्पन्न सडकखण्डको सडक मर्मत भएतापनि भत्कीए पछी टोली दबाब दिन सडक डिभिजन कार्यालय हेटौंडा पुगेर ज्ञापन पत्र बुझाउन छन । ज्ञापन पत्र बुझाउन शहीद चोक – प्रभातवस्ति टोल सुधार बिकास समितीका अध्यक्ष मुरारी खनाल, बबिन पौडेल, थानेश्वोर सापकोटा, मणीश्वोर घिमिरे र निजगढ न्युजका संचारकर्मी बिजय थिङ लामा पुगेका थिय ।  उनिहरुलाई समर्थन गर्दै निजगढ नगरपालिका कार्यालयले पनि समर्थन पत्र प्रधान गरेको थियो ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढमा राजमार्ग भत्कीएर मर्मत गरेपनि जस्ताको तस्तै रहेको छ । निजगढ शहीद चोक भर्खरै निर्माण सम्पन्न सडकखण्डको सडक मर्मत भएतापनि भत्कीए पछी टोली दबाब दिन सडक डिभिजन कार्यालय हेटौंडा पुगेर ज्ञापन पत्र बुझाएका छन । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे भइदिँदा यात्रुलाई सास्ती भएको छ । बनाएको केही समयपछि ठाँउ-ठाँउमा बिग्रिएको सडक अहिले कच्ची जस्तै देखिन्छ, बर्षायाममा हिलो र हिउँदमा धुलोले यात्रा गर्न अत्यन्तै कठिनाई हुन्छ’ निजगढका व्यवसायी  जुगल किशोर लमिछनेले भन्नुभयोे, ‘सडकको मर्मतमा बजेट पनि आइरहेकै छ, काम पनि भएकै छ, तर भरपर्दो काम नहुँदा सडकको अवस्था भने जस्ताको तस्तै छ ।’ सडक मर्मतको काममा इन्जिनियर र ठेकेदारले लापरवाही गर्नाले सडकको अवस्था नसुध्रिएको उहाँको आरोप छ । सडकको अवस्था हेर्दा मर्मत सम्भारमा प्रयास भएका छन् भनेर जो कोहीलाई पत्याउन गाह्रो हुन्छ । सडक यतिखेर धुलाम्मे बनेपछि यात्रु सास्ती खेप्न बाध्य भएका हुन् । सडकको मर्मतमा वर्षेनि लाखौँ रुपैयाँ खर्चिएपनि प्रभावकारी काम नहुँदा वर्षेनि खर्चिनेगरेको करोडौँ रुपैयाँ बालुवामा पानी सरह भएको छ ।

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका लागि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । नगरपालिका बीच पर्ने यस सडकमा जनताको समेत निगरानी हुने भएता पनि प्राविधिक र ठेकेदारको मनोमानीका कारण निर्माण कार्य कमजोर भएको छ । निर्माणका बेला गुणस्तरहीन सामग्री प्रयोग वा डिजाइन अवधि समाप्त भएपछि राजमार्गका सडकहरू धमाधम खाड्ल बन्दै गएका हुन् । विभिन्न सरकारी निर्माण कार्य कमजोर र भत्किने गरेपनि संलग्न दोषीलाई खासै कारबाई नहुने गरेपछि सरकारी निर्माण कार्यमा ठेकेदारको लापरवाही रहेको जानकारहरू बताउछन् । इस्टिमेट र बिलअफ क्वान्टिटीमा प्राविधिकले राम्रो, बलियो डिजाइन गरेपनि साइटमा खट्ने प्राविधिक ठेकेदारको आर्थिक प्रलोभनमा परेपछि निर्माण कार्य कमजोर हुने गरेको बताइन्छ ।

About Nijgadh News

Check Also

रेडियो सिमरा ९१.२ मेगाहर्जको ९ औं वार्षिक उत्सवमा जे देखियो

रेडियो सिमरा ९१.२ मेगाहर्जले आज आफ्नो ९ औं वार्षिक उत्सवको अवसरमा बाराको पथलैयामा रहेका बृद्व …

Leave a Reply

Your email address will not be published. Required fields are marked *