Breaking News
Home / प्रवास / उत्तर कोरियाले ठूलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण को आरोप

उत्तर कोरियाले ठूलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण को आरोप

उत्तर कोरियाली सेनाले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण कोरियाले आरोप लगाएको छ । दक्षिण कोरियाले जारी गरेको एक बक्तब्यमा उत्तरको वोनसान क्षेत्रमा तोपहरुको परीक्षण भइरहेको उल्लेख छ । परीक्षणमा प्रयोग गरिएका हतियारको प्रकार भने सार्वजनिक गरिएको छैन । उत्तर कोरियाली नेता किम जोङ्ग उनले ठुलो क्षमताका स्वचालित बन्दुकको प्रदर्शन गर्न आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् । ती बन्दुकहरुको तटिय क्षेत्रमा परीक्षण गरिरहेको दक्षिण कोरियाली सञ्चारमाध्यमले दाबी गरेका छन् । कोरियाली प्रायद्धिपमा जारी तनावका बीच दक्षिण कोरियाले /उत्तरले गर्ने हरेक गतिविधि माथि सुक्ष्म अध्ययन गरिरहेको छ । उत्तरले तोपको प्रर्दशन गरेको सुचना लगत्तै दक्षिण कोरियाका राष्ट्रपति सहितको आकस्मिक बैठक बसेको थियो ।

About Nijgadh News

Check Also

न्युकासल अब कतातिर ?

राफेल बेनिटेज र न्युकासल युनाइटेड फेरि इङलिस प्रिमियर लिगमा फर्कने भएका छन् । सायद यो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *