Home / स्थानिय समाचार / युथ अफ निजगढको आयोजनामा अन्तराष्ट्रिय दुव्यर्सन विरुद्धको दिवस मनाइयो (भिडियो सहित)

युथ अफ निजगढको आयोजनामा अन्तराष्ट्रिय दुव्यर्सन विरुद्धको दिवस मनाइयो (भिडियो सहित)

संयूक्त राष्ट्रसँघको सन् १९८७ मा भएको साधारणसभाले जुन २६ लाई दुव्यर्सन विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो । संसारभरिको लागुऔषध दुव्यर्सनको समस्यालाई एकतावद्ध रुपमा संवोधन गर्नकालागि हरेक वर्षको जुन २६ तारिखमा अन्तराष्ट्रिय दुव्यर्सन विरुद्धको दिवस मनाइने गरिएको हो ।

युथ अफ निजगढको आयोजनामा अन्तराष्ट्रिय दुव्यर्सन विरुद्धको दिवस मनाइएको हो । “युवा देशको कर्णधार हो, सुन्दर समाजको आधार हो” भन्ने मुल नाराका साथ बारामा अन्तराष्ट्रिय दुव्यर्सन विरुद्धको दिवस मनाइएको हो ।
दुव्यर्सन विरुद्धको दिवसको अबसरमा निजगढको बाट बिभिन्न प्ले काड, ब्यानरका साथ र्यालि गरेका थिए ।

दुव्यर्सन विरुद्धको दिवसको अबसरमा निजगढ नगरपालिका कार्यालय प्रमुख भरतचन्द्र अधिकारीले दुव्यर्सनमा फसेकाहरुलाई पनि सहि मार्ग देखाउन, परामर्श र आत्मबल दिन सुधारगृहरुको प्रभावकारिता अनि समाजसँगको समन्वय अत्यन्त जरुरी भएको बताय ।

उक्त कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक दिपक रायले सम्पन्न परिवारको मात्र नभई अन्य धेरै परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशालाग्दा मान्छेहरु यस्तै लागुऔषधको दुव्यर्सनका फसेका तथा २० देखि २४ का यूवाहरु साथीसंगतको करकापमा सबै भन्दा बडी दुव्यर्सनमा फसेको बताय ।

कार्यक्रममा निजगढ नगरपालिका, ईलाका प्रहरी कार्यालय निजगढ, ट्राफिक प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी बल निजगढ, स्थानिय तथा समाजका विभिन्न क्षेत्रसँग आबद्ध तह र तप्काका महानुभावको उपस्थिति थियो ।

 

About Nijgadh News

Check Also

खोलामा डुबेर १ को मृत्यु

निजगढ नगरपालिका –८ स्थित बकैया खोलामा डुबेर मंगलबार बिहान १ को मृत्यु भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *