Breaking News
Home / राष्ट्रीय / दुई नम्बर प्रदेशको चुनाव असोज २ गते

दुई नम्बर प्रदेशको चुनाव असोज २ गते

प्रधानमन्त्री शेरबहादुर देउवाले २ नम्बर प्रदेशको चुनाव असोज २ गतेका लागि तोक्ने गरी निर्वाचन आयोगसँग छलफल गर्नु हुने भएको छ । राष्ट्रिय जनता पार्टीसहितका सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलसँगको छलफलका आधारमा प्रधानमन्त्री देउवाले अपरान्ह ३ बजे निर्वाचन आयोगसँग परामर्श गर्न लाग्नु भएको हो ।
प्रदेश नम्बर एक,पाँच र सात नम्बर प्रदेशको निर्वाचन कार्यतालिकामा पनि हेरफेर गर्ने प्रस्ताव प्रधानमन्त्री देउवाले आयोग समक्ष राख्दै हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार प्रधानमन्त्री देउवाले एक,पाँच र सात नम्बर प्रदेशका लागि असार २ गतेका लागि तोकिएको उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम असार ४ गते सार्न आयोग समक्ष प्रस्ताव गर्नु हुनेछ ।

About Nijgadh News

Check Also

आफ्नो क्षेत्रको विकासमा ध्यान दिन जनप्रतिनिधिलाई मन्त्री सोनलको निर्देशन

प्रेदश नम्बर २ का भौतीक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जनप्रतिनिधिहरुको हकहितका लागि आफु केन्द्रसँग लड्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *