Breaking News
Home / राष्ट्रीय / दुई नम्बर प्रदेशको चुनाव स्थगित

दुई नम्बर प्रदेशको चुनाव स्थगित

सत्तारुढ दल र राजपाबीच भएको छलफलपछि दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय भएको छ। माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए।

दुई नम्बर प्रदेशको चुनाव कहिले गर्नेबारे सत्तारुढ दल र राजपाका शीर्ष नेताहरुबीच अहिले सिंहदरवारमा छलफल गरिरहेका छन्। बैठकबाट बाहिरिएका गृहमन्त्री शर्माले भने, ‘२ नम्बरबाहेक अन्य १, ५ र ७ मा असार १४ मै चुनाब हुन्छ।’

महन्थ ठाकुर, राजेन्द्र महतोहरुको राष्ट्रिय जनता पार्टीले चुनाब अगाडि संविधान संशोधनको पूर्वसर्त राखेर चुनाब बिथोल्ने चेतावनी दिँदै अाएको छ। उपेन्द्र यादब र विजय गच्छदार नेतृत्वका तराईमा बलियो पकड भएका पार्टीहरु निर्वाचनको पक्षमा भइरहँदा सरकार एक्लो राजपाका लागि चुनाब सार्ने निर्णयमा पुगेको हो।

About Nijgadh News

Check Also

उम्मेदबारको नाम सिफारीस गर्ने जिम्मा संयन्त्रलाई – एमाले जिल्ला कमिटीबाराको बैठक सम्पन्न

नेकपा एमाले जिल्ला कमिटी बाराको बैठक आज मदन आश्रित स्मृती भवन डुमरबानामा सम्पन्न भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *