Breaking News
Home / स्थानिय समाचार / गणतन्त्र दिवसलाई लक्षित गरेर निजगढ नगरपालिकाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसलाई लक्षित गरेर निजगढ नगरपालिकाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसलाई लक्षित गरेर गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा आज निजगढ नगरपालिकाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न । कार्यक्रममा युथ अफ निजगढ, ईलाका प्रहरी कार्यालय निजगढ, ट्राफिक प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी बल निजगढ, स्थानिय तथा समाजका विभिन्न क्षेत्रसँग आबद्ध तह र तप्काका महानुभावको उपस्थिति थियो । निजगढको पुर्बी भेक भमरा बाट सुरु भएको सो कार्यक्रम निजगढ नगरपालिका कार्यालय अगाडि आएर सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रिय गानको धुन बजाउनुका साथै मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको सम्मान र सम्झनामा मौनधारण गरिएको थियो ।

साथै उक्त कार्यक्रम माझ निजगढ नगरपालिका कार्यालय प्रमुख भरतचन्द्र अधिकारीद्वारा निर्वाचन आयोग अधिकृतको कार्यालयको उद्घाटन समेत गरेका थिए।
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

About Nijgadh News

Check Also

फास्ट ट्र्याक प्रधानमन्त्रीद्वारा शिलान्यास

निजगढ (बारा)—प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं—तराई जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुतमार्ग (फास्ट ट्र्याक)को शिलान्यास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *