Breaking News
Home / भिडियो / गायक नविन के भट्टराइको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

गायक नविन के भट्टराइको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

चर्चित पप गायक नविन के भट्टराइले अाफ्नो नयाँ एल्वम ‘श्लोक’ मा रहेको ‘तिमिलाइ भन्छु ‘ बोलको गितको भिडियो अाफ्नै युट्युव च्यानल  “Nabink Bhattarai” मार्फत सार्वजनिक गरेका छन । उक्त म्युजिक भिडियोलाई अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको बताइएको छ ।

म्युजिक भिडियो जीवन रसाइलीले निर्देशन गरेका हुन भने गीतको शब्द र संगीत गायक स्वयंकै रहेको छ । संगीत संयोजन मोहित मुनालले गरेका हुन् । म्युजिक भिडियोलाइ नेपालमा ज्ञानेन्द्र शर्माले र अस्ट्रेलियामा जीवन रसाइलीले छायांकन गरेका हुन । स्टेरियो रेकर्डले बजारमा ल्याएको सो म्युजिक भिडियो निकै नै चर्चित हुने अनुमान गरिएको छ ।

यस गितमा  वेदनाको अावास र मायाको मिठास दुवै पाइने गायक नविन के भट्टराइ बताउछन । २०७२ साल माघ १४ गते जानकारी केन्द्र मार्फत नै गायक नविन के भट्टराइले स्लोक नामक नयाँ एल्बम सार्वजनिक गरेका थिए ।

यस्तो छ गायक नविन के भट्टराइ द्वारा सार्वजनिक गरिएको नयाँ म्युजिक भिडियो ।

About Nijgadh News

Check Also

चुनाव माहोल, धियाल गाउपलिका २ का जनता के भन्छन त?

चुनाव माहोल, धियाल गाउपलिका २ का जनता के भन्छन त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *