Breaking News
Home / राष्ट्रीय / उम्मेदबारको नाम सिफारीस गर्ने जिम्मा संयन्त्रलाई – एमाले जिल्ला कमिटीबाराको बैठक सम्पन्न

उम्मेदबारको नाम सिफारीस गर्ने जिम्मा संयन्त्रलाई – एमाले जिल्ला कमिटीबाराको बैठक सम्पन्न

नेकपा एमाले जिल्ला कमिटी बाराको बैठक आज मदन आश्रित स्मृती भवन डुमरबानामा सम्पन्न भएको छ । आज सम्पन्न जिल्ला कमिटी बैठकले सचिवालय कमिटीले जेष्ठ ३१ गतेहुने दोस्रो चरणको निर्वाचनका लागी स्थानिय तहहरु गांउपालिका, नगरपालिका बाट प्रक्रिया पुरागरी प्राप्त अध्यक्ष उपाध्यक्ष प्रमुख उपप्रमुख र बडा अध्यक्ष र सदस्य पदमा प्राप्त उम्मेदवारहरुको टुंगो लगाएको नामलाई अनुमोदन गरेको छ । साथै निणर्य हुन बाकी रहेका जितपुर सिमरा उपनगरपालिका, कलैया उपमहनगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाको प्रमुख, उपप्रमुखको उम्मेदबारहरुको नाम टुंगो लगाएर प्रदेशमा सिफारिस गर्ने जिम्मा पाटी जिल्ला इन्चार्ज बलबिर चौधरी, सह इन्चार्ज दिनेस राई, केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनाली, पुवृ केन्द्रिय सदस्य एवं सांसद पुषोत्तम पौडेल, जिल्ला कमिटी अध्यक्ष सुन्दर बिक, उपाध्यक्ष देब नारायण चौधरी, सचिब महम्द समिउल्लाह, सह सचिब राजेन्द्र कलबार रहेको संयन्त्र निर्माण गरी संयन्त्रलाई जिम्मा दिने निर्णय गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले बताउनु भयो ।
बैठकले बिभिन्न पार्टीबाट नेकपा एमालेमा प्रबेस गर्नु भएका कमरेडहरुलाई पार्टीको पदिय जिम्मेबारी दिने जिम्मा जिल्ला अध्यक्षलाई निर्णय गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले बताउनु भयो ।

जिल्ला कमिटी अध्यक्ष क.सुन्दर बिकको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवम सान्सद बलबरि चौधरी, सह इन्र्चाज दिनेस राई, केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनाली, नेपाल खेलकुद महासंका केन्द्रिय अध्यक्ष एवं सान्सद पुरुषोत्तम पौडेल, प्रदेस नम्बर २ का सदस्य भरत खडका, छबिलाल उपे्रति, बिनोद साह, सुरेन्द्र यादब, कल्याणी चौधरी, बिक्रम राम, केन्द्रिय कृषी बिभागका सदस्य पलट चौधरी, केन्द्रिय युवा तथा खेलकुद बिभागका सदस्य किसोर शर्मा, केन्द्रिय निर्वाचन बिभाग सदस्य सफिक अंसारी लगायतको उपस्थिती रहेको थियो ।

About Nijgadh News

Check Also

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *