Breaking News
Home / राष्ट्रीय / काठमाडौंको मेयर र उपमेयरमा शाक्य र खड्गी निर्वाचित

काठमाडौंको मेयर र उपमेयरमा शाक्य र खड्गी निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । उनले जम्मा ६४ हजार नौ सय १३ मत ल्याए । जुन उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका राजुराज जोशीको भन्दा करिब १९ हजार बढि हो । जोशीले ४५ हजार दुइ सय नौ मत ल्याएका छन्।

त्यस्तै काँग्रेसकी हरीप्रभा खड्गी उपमेयरमा निर्वाचित भएकी छिन् । उनले ५८ हजार नौ सय ५२ मत ल्याइन् । उनका निकटतम प्रतिद्धन्दी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार आठ सय ५४ मत ल्याए । गत वैशाख ३१ गते भएको  मत गणना १३ दिनपछि आइतबार सकिएको हो ।

शाक्यको जित शुक्रबार नै निश्चित भएपनि आइतबार विहान मात्र औपचारिक घोषणा भएको हो । मेयरमा निर्वाचित भएको घोषणापछि शाक्यले सबैसँग सहकार्य गरेर काठमाडौंको विकास गर्ने प्रतिवद्धता जनाएका छन् । संचारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले सुन्दर, संवृद्ध र सुरक्षित काठमाडौं बनाउने आफ्नो लक्ष्य रहेको बताए । शाक्यले भने, ‘हिजोसम्म एमालेको प्रतिनिधी भएपनि आजबाट पुरै महानगरको भएको छु । सबै दल र जनताको चित्त बुझाएर सहकार्य गर्दै अगाडी बढ्नेछु ।’

औपचारिक घोषण सकिएलगत्तै मेयर र उपमेयरलाई बधाई तथा सुभकामना दिनेको भीड लागेको छ । पार्टीका कार्यकर्ताले उपमेयर खड्गीलाई जुलुससहित अभिनन्दन गरेका छन् भने एमालेले जुलुससहित मेयरलाई नगर परिक्रमा गराउने तयारी गरेको छ । नवनिर्वाचित प्रतिनिधिले आगामी बुधबार सपथ ग्रहण गर्ने निर्वाचन कार्यालयले जनाएकको छ ।

About Nijgadh News

Check Also

बयल गाडाबाटै काठ तस्करी

गोकुल घोरसाइने, बारा जिल्लाको मधुवन सेक्टरबाट फडानी गरेर चोरी तस्करी हुदै गरेको अवस्थामा गन्जभवानीपुर प्रहरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *