Home / कुराकानी / मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थाले (भिडियो सहित)

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थाले (भिडियो सहित)

मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका लागि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढमा राजमार्ग भत्कीएर मर्मत गरेपनि जस्ताको तस्तै रहेको छ । निजगढ शहीद चोक भर्खरै निर्माण सम्पन्न सडकखण्डको सडक मर्मत भएतापनि भत्कीएको छ । मुलुककै मुख्य मार्गहरू धमाधम भत्किन थालेपनि मरम्मत सम्भारका लागि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
वर्षामा पानी जमरे खाडल भरिन्छ सडक राम्रै हालो भनरे गाडी कदुाउछौ खाडलमा गाडीको चक्का परेपछि एकैचोटी सातो लैजान्छ लामो रुटमा चल्ने गाडी चालक पनिस थापाले बताए । यसरी राजमार्गको कालो पत्रेमा खाडल बन्दै गएपछि यातायातका साधनहरू दुर्घटना पर्ने अधिक सम्भावना रहेको छ । मन्त्री, सभासद्, राजनीतिक दलका नेता यही जीर्ण र भत्किएको सडक भएर ओहोरदोहर गर्छन् तर निर्माण तथा मरम्मततर्फ कसैको ध्यान जान सकेको छैन ।
नगरपालिका बीच पर्ने यस सडकमा जनताको समेत निगरानी हुने भएता पनि प्राविधिक र ठेकेदारको मनोमानीका कारण निर्माण कार्य कमजोर भएको छ । निर्माणका बेला गुणस्तरहीन सामग्री प्रयोग वा डिजाइन अवधि समाप्त भएपछि राजमार्गका सडकहरू धमाधम खाड्ल बन्दै गएका हुन् । विभिन्न सरकारी निर्माण कार्य कमजोर र भत्किने गरेपनि संलग्न दोषीलाई खासै कारबाई नहुने गरेपछि सरकारी निर्माण कार्यमा ठेकेदारको लापरवाही रहेको जानकारहरू बताउछन् । इस्टिमेट र बिलअफ क्वान्टिटीमा प्राविधिकले राम्रो, बलियो डिजाइन गरेपनि साइटमा खट्ने प्राविधिक ठेकेदारको आर्थिक प्रलोभनमा परेपछि निर्माण कार्य कमजोर हुने गरेको बताइन्छ ।

About Nijgadh News

Check Also

खोलामा डुबेर १ को मृत्यु

निजगढ नगरपालिका –८ स्थित बकैया खोलामा डुबेर मंगलबार बिहान १ को मृत्यु भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *