Breaking News
Home / प्रवास / साउदर्न हाईलाण्ड नेपलिज कम्युनिटि गठन

साउदर्न हाईलाण्ड नेपलिज कम्युनिटि गठन

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको दक्षिण भेगमा पर्ने ३ suburb Mittagong, Bowral र Mossvale को सेरोफेरोमा बसोबास गर्ने नेपालीहरूको यही अप्रिल ३० तारिख आईतबारको दिन Mittagong स्थित लेक ऐलेग्जेन्ड्रिया पार्कमा नयाँ वर्षको शुभकामना आदान प्रदान, भब्य बार्बिक्यू सहित भेला आयोजना भएको थियो।करिब १०० को हराहारीमा भएको उपस्थितिको भेलाले सर्वसम्मतिमा अरुण गौतमको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सहित साउदर्न हाईल्याण्ड नेपलिज कमिटिको विधिवत घोषणा भएको थियो। २१ कार्यसमिति गठन गरिने निर्णय भाएता पनी हाललाई १९ सदस्य समिति गठन गर्दै थप २ सदस्य मनोनित हुन बाँकी रहेको महा सचिव सुमन बोहराले जानकारी दिनु भयो। २१ सदस्यीय कार्यसमिति यसप्रकार रहेको छ। संरक्षक: परसु राम अधिकारी सल्लाहकारहरु: नारायण चौलागाई, रेशम गुरुंग, दिपक निरौला, संजय के.शी, तुला भट्टराई रहेका छन् र  यसप्रकारमा अध्यक्ष: अरुण गौतम, उपाध्यक्ष: सन्तोष बडाल, अर्जुन चौलागाई, महा सचिव: सुमन बोहरा, सचिव: सन्तोष उपाध्याय, कोशाध्यक्ष: अशोक बस्नेत, सदस्यहरुमा: सुरेश देव आचार्य, अर्जुन अखेली क्षेत्री, किशोर शर्मा, उज्जवल पोखरेल, राम के.शी, समिर श्रेष्ठ , लक्ष्मण पाण्डे, संगिता खनाल, सिवानी दवाडी, प्रेक पराजुली, रबिन जोशी, साईमन महर्जन र रवि अमात्य रहेका छन्। कार्यक्रम संस्थाका उपाध्यक्ष सन्तोष बडाल र एडभाईजर दिपक निरौँलाले संचालन गर्नुका साथै बडालले संस्थाको आवस्यक्ता बारे प्रश्ट समेत पार्नु भयो। यसै संस्थाका संरक्षक श्री परसुराम अधिकारीले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै हामी नेपालीहरु जहाँ भयपनि एक जुट हुदै जुट्नु पर्नेमा जोड दिनु भयो। मन्तब्यकै क्रममा लिलानाथ निरौँला,राम केशी लगायतले बधाई तथा नयाँ कार्य समितिलाई शुभकामना दिनु भयको थियो। कार्यक्रमको समापन नव निर्मित कमिटिको अध्यक्ष अरुण गौतमले गर्नुहुँदै सम्पुर्ण हाईल्याण्ड निवासी नेपालीहरु एक जुट बनाउने माध्यम हुने र यो संस्था यहाँ बसोवास गर्ने सबै नेपालीहरुको दुख सुखको साथी बन्ने विस्वास दिलाउदै समापन भयको थियो।

About Nijgadh News

Check Also

उम्मेदबारको नाम सिफारीस गर्ने जिम्मा संयन्त्रलाई – एमाले जिल्ला कमिटीबाराको बैठक सम्पन्न

नेकपा एमाले जिल्ला कमिटी बाराको बैठक आज मदन आश्रित स्मृती भवन डुमरबानामा सम्पन्न भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *