Breaking News
Home / फोटोफिचर / यसरी मनायो १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवस (फोटो फिचर)

यसरी मनायो १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवस (फोटो फिचर)

निजगढ १८ बैशाख
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजगढ नगर इकाई कमिटीका अध्यक्ष क.वीर बहादुर थिङ्ग ( बिजय थिङ्ग लामा ) ज्यु को अध्यक्षतामा ( १२८ ) मैन बत्ति बालेर ( १२८ औं ) अन्तर्राष्ट्रिय मजदुर दिवस भब्यताका साथ सम्पन्न भएको छ !

सो कार्यक्रममा अध्यक्ष थिङ्गले आफ्नु भनाईहरु राख्ने क्रममा , नेपाल यातायात मजदुर संगठन भनेको सम्पुर्ण यातायात मजदुर हरु लगायत अन्य मजदुर हरुको हगहिदको लागि र मजदुर हरुको अधिकारको लागि साथै हरेक दु:खमा साथ दिने संगठन भनेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नै हो भनेर आफ्नु मन्तव्य राख्नु भएको थियो !

मे १ अर्थात १२८औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।
विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दे मे १ मनाउन लागेका हुन् ।  ८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्रा्ष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।
१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ। तर यस दिनलाई विसं २०६४ बाट मात्र आधिकारिक विदाको रूपमा घोषणा गरिएको हो । हरेक वर्ष मे महिनाको पहिलो दिनलाई मे दिवस भनी मनाइन्छ ।

फोटो फिचर

 

About Nijgadh News

Check Also

उम्मेदबारको नाम सिफारीस गर्ने जिम्मा संयन्त्रलाई – एमाले जिल्ला कमिटीबाराको बैठक सम्पन्न

नेकपा एमाले जिल्ला कमिटी बाराको बैठक आज मदन आश्रित स्मृती भवन डुमरबानामा सम्पन्न भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *