Breaking News
Home / भिडियो / महाअभियोग प्रस्तावको विरुद्धमा युवा संग नेपाल निजगढ नगर कमिटी द्वारा निजगढमा प्रदर्शन (भिडियो सहित)

महाअभियोग प्रस्तावको विरुद्धमा युवा संग नेपाल निजगढ नगर कमिटी द्वारा निजगढमा प्रदर्शन (भिडियो सहित)

संसदमा दर्ता भएको प्रधानन्याधिश शुसिला कार्की बिरुद्दको महाअभियोग प्रस्तावको विरोध गर्दै निजगढमा युवा संग नेपाल निजगढ नगर कमिटीले आज विहान राजमार्गमा प्रदर्शन गरेको छ ।

महाअभियोग प्रस्तावको फिर्ता लिन माग गर्दै शहीद चोकदेखि निजगढ गुम्बा चोकसम्म याली निकालेको हो । सहभागिहरुले सरकार विरुद्ध चर्को नारा लगाउनुका साथै प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रधान न्यायाधीश सुशिला कार्कीविरुद्ध संसदमा दर्ता गराएको महाअभियोग प्रस्ताव चुनाब बिथोल्ने षड्यन्त्र भएको युवा संग नेपाल निजगढ नगर कमिटीले जनाएको छ।

विधि तथा प्रक्रियामा आधारित राज्य सञ्चालनमा धावा बोलेको ठहर गर्दै युवा संग नेपाल निजगढ नगर कमिटीले संविधानलाई लिकभन्दा बाहिर लैजाने दिशामा काम सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

‘सेवा निवृत्त हुन लागेकी प्रधानन्यायाधीशलाई महाभियोग प्रस्ताव  लगाउनु पर्ने कार्यक्रम किन दर्ता भयो ? यसमा हस्ताक्षरकर्ताहरुको नियतमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ’, युवा संग नेपाल निजगढ नगर कमिटीले भनेको छन्।

‘यो लोकतन्त्रमाथि लुटतन्त्रको हमला हो। तसर्थ, लोकतन्त्र बचाउन सम्पूर्ण सचेत नागरिकहरु जुट्नको लागि युवा संग नेपाल निजगढ नगर कमिटीले आह्वान गरे ।

About Nijgadh News

Check Also

 मधेसी जनतालाई एमालेले कहिल्यै झुक्याएन : एमाले सचिव ज्ञावली

नजिकीदो स्थानीय निकायको प्रदेश नं.२ मा हुने निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी बन्नेमा आफु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *